मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारबाट आएका युवासहित थप दुईजना कोरोना संक्रमितको मृ’त्यु

कतारबाट आएका युवासहित थप दुईजना कोरोना संक्रमितको मृ’त्यु


काठमाडौं । कतारबाट आएको गोरखा पालुङटारका एक युवासहित दुईजनाको कोरोना संक्रमणका कारण मृ’त्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखा पालुङटारका युवा असार १७ गते कतारबाट आएका थिए । उनी मधुमेहका बिरामी पनि थिए ।

असार १९ गते अस्पताल भर्ना भएका उनको आज बिहानै मृ’त्यु भएको थियो । त्यसैगरी असार १७ गते काठमाडौंको शिक्षण अस्पतालमा उपचारका क्रममा रहेका एक व्यक्तिको कोरोनाकै कारण मृ’त्यु भएको छ ।

उनी रुपन्देहीको देवदह नगरपालिकाका व्यक्ति भएको प्रवक्ता गौतमले जानकारी दिए । उनको मृ’त्यु भएको भोलिपल्ट बिहीबार मात्रै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । – बाह्रखरी