मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार सात सय भन्दा बढी

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार सात सय भन्दा बढी


काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ७१० जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ।

संक्रमितमध्ये हालसम्म ६ हजार ५४७ जना संक्रमणमुक्त भएर घर फर्किइसकेका छन्। काेराेनामुक्त भएर पछिल्लो २४ घण्टामा १३२ डिस्चार्ज भएका छन्। यस्तै ३५ जनाको कोराना संक्रमणका कारण मृत्यु भएको छ।

हाल देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ३१ हजार ५७३ जना बसिरहेका छन् भने आइसोलेसनमा ९ हजार २०३ जना रहेका छन्। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टिनमा राख्ने निर्देशिका परिमार्जन गरेको छ।

परिमार्जित निर्देशिकाअनुसार अब क्वारेन्टिनमा बसेका सबै व्यक्तिले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ। साथै क्वारेन्टिनमा राख्नुपूर्व र क्वारेन्टिनबाट घर पठाउनुपूर्व अनिवार्य रुपमा स्वास्थ्य जाँच गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।