मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम सहित सुपका ४ जिल्लामा पेट्रोलियम पदार्थ ड्रममा राखेर बेच्न पाउने आवेदनको माग

अछाम सहित सुपका ४ जिल्लामा पेट्रोलियम पदार्थ ड्रममा राखेर बेच्न पाउने आवेदनको माग


धनगढी : नेपाल आयल निगमले २१ वटा दुर्गम जिल्लामा ड्रम वा सुरक्षित भण्डारणमा राखेर बेच्ने विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ।

देशभरीका २१ जिल्लाका विक्रेताले सो अनुमती पाउनेछन् भने सुदूरपश्चिमका चार जिल्लाका विक्रेताले अनुमती पाउनेछन्।

दार्चुला, बझाङ, बाजुरा र अछाम जिल्लामा निगमले प्याक्ट डिपो सञ्चालन गर्न दिने जनाएको छ। ड्रममा राखेर तीन हजार तथा चार हजार लिटरसम्म पेट्रोलियम पदार्थ बिक्री गर्न पाइन्छ।

ड्रम र ट्यांकीमा राखेर खुद्रामा पेट्रोलियम बिक्री गर्न चाहने संस्था वा व्यक्तिले निगमको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा निवेदन गर्न सकिने निगमले जनाएको छ।