मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा २०४ जना थपिए संगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

नेपालमा २०४ जना थपिए संगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुग्यो


काठमाडौं । नोभेल कोरोना भाइरसका २०४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २०४ संक्रमित थपिएका हुन् ।

कुल कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । 

हालसम्म देशभर दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ । 

हालसम्म देशभरका क्वरेन्टिनमा २५ हजार ७२७ जना रहेका छन्  भने ८ हजार ६३४ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । 

हालसम्म देशभरबाट ७ हजार ४९९ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । देशभर ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।