मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मालिकलाई देखाउन ससुराले बुहारी कुटे, श्रीमानले भिडियो बनाए

मालिकलाई देखाउन ससुराले बुहारी कुटे, श्रीमानले भिडियो बनाए


अछाम : जिल्लाको मंगलसेन नगरपालिका –३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका एक ससुराले आफ्नी बुहारीलाई म’रणा’सन्न हुनेगरी कु’टेका छन्। बुहारीलाई कु’टेको भिडियो अहिले भाइरल भएको छ।

ससुरा कालु भुलले बुहारी भरु बिकलाई कु’टपि’ट गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको हो। बुहारीले काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई  कुटेका बताईएको छ।

उक्त कु’टपि’ट गरेको भिडियो बुहारी (भरु) कै श्रीमान दिनेशले खिचेका हुन। काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी चोरेको भन्दै मालिकनीको प्यारो बन्न कु’टेको भिडियो देखाउनलाई खिचिएको बताइएको छ। 

भरुले एक वर्ष पहिले दिनेशसँग भागी विवाह गरेकी थिइन्। १६ वर्षीया भरुको माइती मंगलसेन नगरपालिका ७ जनालीबन्डालीमा पर्छ। सामाजिक सन्जालमा कु’टपि’ट गरेको भिडियो सार्वजनिक भएपछि घट’नाको विरोध गर्दै कानुन अनुसार का’र्वा’हीको माग गरिएको छ।

घट’नाबारे नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। सामाजिक संजालमा महिला उपर ससुराद्वारा भएको कु’टपि’टको भिडियो क्लिप प्राप्त हुनासाथ जिप्रका अछाम मार्फत छान’बिन अगाडि बढाइएको नेपाल प्रहरीले जनाएको छ।

उक्त घट’नामा संलग्न परिवारका सदस्यहरु हाल भारतमा बसोबास गरिरहेको र घ’ट्ना पनि अछाममा नभई भारतको महाराष्ट्रमा भएको खुल्न आएको प्रहरीको भनाई छ।