मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बा’ढी’पहि’रोबाट ८० जनाको मृ’त्यु, ५१ बेप’त्ता, ५० घा’इते

बा’ढी’पहि’रोबाट ८० जनाको मृ’त्यु, ५१ बेप’त्ता, ५० घा’इते


काठमाडौं । गृहमन्त्रालयले जेठ ३१ यता बाढी पहिरोमा परी ८० जनाको मृत्यु भएको जनाएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहसचिव महेश्वर न्यौपानेले बाढी पहिरोबाट भएको क्षतिको विवरण जानकारी गराएका हुन् । 

उनका अनुसार बाढी पहिरोबाट ८० जनाको मृत्यु र ५१ जना बेपत्ता र ५० घाइते, १३४ घरमा क्षति भएको छ । उनले बाढी पहिरोले क्षति पुर्‍याएका ४ वटा कारण भएको पनि बताए ।

भूगोल, पहाडको माटोको अवस्था पनि बाढी पहिरोको कारण रहेको उनले बताए । भूकम्पले ठाउँ ठाउँमा चिरा परेको र ती ठाउँमा पानी पर्नासाथ त्यसको असर देखिएको ।

यस वर्ष प्रिमनसुन भएकाले पछि पानी पर्दा पहिरो गएको भन्दै उनले डोजर इन्जिनियरका कारण पनि पहिरो आएको बताए । 

त्यस्तै उनले सरकारी खर्चमा हेलिकप्टर राहतका लगि मात्र उडेको पनि जानकारी गराए । संसदमा प्रतिनिधित्व गर्ने सोही क्षेत्रका सांसदलाई लगिएको भने उनले स्वीकार गरे । सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकमा निजी प्रयासमा गएको पनि जानकारी गराए । – बाह्रखरी