मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट विश्वमा पाँच लाख ७१ हजारभन्दा बढीको मृ’त्यु

कोरोनाबाट विश्वमा पाँच लाख ७१ हजारभन्दा बढीको मृ’त्यु


जेनेभा- कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ।साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएकाे छ।

कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५१० जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ४८ लाख ८२ हजार १४१ व्यक्ति उपचाररत छन्। संक्रमितमा ५८ हजार ६५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

डब्ल्यूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा ३४ लाख १३ हजार ९९५ जनामा कोरोना भाइरसका संक्रमित छन्। अमेरिकामा १ लाख ३७ हजार ७८२ व्यक्तिको मृत्यु भइसकेको छ।

दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६११ जना कोरोना भाइरस संक्रमित छन्। त्यहाँ १ लाख ५ हजार २०९ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ४० लाख ७१४ जना कोरोना भाइरस संक्रमित छन्। यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ।

युरोपमा २५ लाख ७१ हजार ६९८ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ। एसिया २९ लाख ६४ हजार ६९३ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ७० हजार ३७८ जनाको मृत्यु भएको छ।

अफ्रिकामा ५ लाख ९८ हजार २५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २८६ जनाको मृत्यु भएको छ। ओसियानामा ११ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ। – नेपाल समय