मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११६ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो

११६ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो


काठमाडौं- नेपालमा नोबेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ हजार नाघेको छ।पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रणमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ३६१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल देशका विभिन्न क्वारेन्टिनमा २४ हजार ७१६ जना रहेका छन्। त्यस्तै कोरोना संक्रमण भएर आइसोलेसनमा बसिरहेका व्यक्तिको संख्या ६ हजार ६९५ रहेको मन्त्रालयले जनाएको छ। याे संख्या नै नेपालमा काेराेनाकाे सक्रिय केस हाे।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ३४ जना मात्रै कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। याे सहित हालसम्म १० हजार ३२८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म ६०.५३ प्रतिशत निको भएर घर फर्किएका छन्।