मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबार नेपालमा १५६ जना कोरोना संक्रमित थपिए

आइतबार नेपालमा १५६ जना कोरोना संक्रमित थपिए


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको कुल संख्या १७ हजार ६५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ७४१ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए

डा‍ गाैतमका अनुसार हाल देशका विभिन्न क्वारेन्टिनमा २२ हजार ६६२ जना रहेका छन्।

गत २४ घण्टामा ५८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ छ।

अहिले देशभरका विभिन्न आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या ५ हजार ९२३ छ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ४० जनाको मृत्यु भएको छ। – नेपाल समय