मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१८६ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १७,८४४ पुग्यो

१८६ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १७,८४४ पुग्यो


काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल १७ हजार ८४४ जनामा कोरोना पुष्टि भएको छ।

विगत २४ घण्टामा विभिन्न २७ वटा प्रयोगशालमा ४ हजार २१६ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

हाल देशका विभिन्न क्वारेन्टिनमा २२ हजार २२८ व्यक्ति बसिरहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७३ जना विभिन्न आइसोलेसन तथा अस्पतालबाट डिस्चार्ज भएका छन्।

आजसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ८६८ रहेको छ। यो ६६ दशमलब ५१ प्रतिशत हो। हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ जना रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशका ७ वटा जिल्ला कोरोना संक्रमणविहीन भएका छन्। केही समयअघि देशका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको थियो।

अहिले भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला अहिले कोरोना संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० रहेको छ।