मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो

आज १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १०० जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनामा गरिएको पीसीआर नमुना परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसहित हालसम्म मुलुकभर कोरोना पुष्टि हुनेको संख्या १८ हजार ९४ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा रहेको व्यक्तिको संख्या २० हजार ८४२ छ।

पछिल्लो २४ घण्टामा २०७ जना डिस्चार्ज भएका छन्। योसहित आजसम्म डिस्चार्ज हुने व्यक्तिकाे संख्या १२ हजार ६८४ जना छ।