मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

आज कुन जिल्लामा कति संक्रमित थपिए ?


काठमाडौं- पछिल्लो २४ घण्टामा थपिएका १०० जना कोरोना संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नं. २ को बारामा जिल्लामा १८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १७ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोटी र लमजुङका ७/७ जना थपिएका छन्।

कालिकोट र पर्सामा ६/६ जना थपिएका छन् भने धनुषामा ५ जना तथा सुनसरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी मोरङ, स्याङजा, बारा, ताप्लेजुङ, काठमाडौं, सर्लाही, बाँके र बाग्लुङका ३/३ जना थपिएका छन्।

बर्दिया र सल्यानमा २/२ जना थपिँदा झापा, चितवन र बझाङमा १/१ जनामा कोरोना पुष्टि भएको छ।