मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपडेट : कोरोनाबाट विश्वभर करिब १ करोड ६० लाख संक्रमित

अपडेट : कोरोनाबाट विश्वभर करिब १ करोड ६० लाख संक्रमित


कोरोना भाइरस संक्रमण विश्वभर नै लगातार फैलिरहेको छ। आज (आइतबार) बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर करिब १ करोड ६० लाख पुगेको छ।

त्यसैगरी यो भाइरसबाट संक्रमित भएर ६ लाख ४३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।कोरोनाबाट सबैभन्दा बढी प्रताडित अमेरिका छ।

त्यहाँ संक्रमण र मृत्यु दुवै बढ्दो क्रममा छ। अमेरिकामा करिब ४१ लाख ७५ हजार संक्रमित भएका छन् भने १ लाख ४६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

दोस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमितको संख्या २४ लाख पुग्न लागेको छ। त्यसैगरी मर्नेको संख्या ८५ हजार नाघेको छ।

तेस्रो स्थामा भारत छ। भारतमा १३ लाख ३७ हजारभन्दा बढी संक्रमित भएका छन्। मृतकको संख्या पनि ३१ हजार नाघेको छ। – नेपाल समय