मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले विश्वमा ६ लाख ३५ हजारको मृ’त्यु

कोरोनाले विश्वमा ६ लाख ३५ हजारको मृ’त्यु


काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्या’न गुमा’उनेको संख्या ६ लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ३५ हजार १७३ जनाको मृ’त्यु भएको छ । 

कोरोनाले सबैभन्दा धेरै ज्या’न गु’माउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।  चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । 

दक्षिण अफ्रिकामा मात्रै दैनिक १४ हजारभन्दा धेरै कोरोना संक्रमित थपिन थालेका तथ्यांकमा उल्लेख छ ।