मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा कोरोनाबाट म’र्नेको संख्या डेढ लाख नाघ्यो, विश्वमा १ करोड ६८ लाख बढी संक्रमित

अमेरिकामा कोरोनाबाट म’र्नेको संख्या डेढ लाख नाघ्यो, विश्वमा १ करोड ६८ लाख बढी संक्रमित


एजेन्सी – अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृ’त्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ। त्यहाँ कोरोनाबाट ४४ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।

अमेरिकापछि बढी प्रभावित ब्राजिल छ। त्यहाँ संक्रमितको संख्या २४ लाख ८८ हजार छ भने ८८ हजार ५३९ जनाको मृ’त्यु भएको छ।

गएको डिसेम्बर अन्तिम साता पहिलोपटक चीनको वुहान सहरमा देखा परेको कोरोना भाइरस विश्वभर फैलिसकेको छ।

कोरोना संक्रमित हुने र मृ’त्यु हुने क्रम बढ्दो छ। बिहीबार बिहानसम्मको तथ्यांकअनुसार यो भाइरसबाट विश्वभर १ करोड ६८ लाखभन्दा बढी संक्रमित भइसकेका छन्।

यीमध्ये ६ लाख ६२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।