मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले आज ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

कोरोनाले आज ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो


काठमाडौं । मुलुकभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

पछिल्लोपटक काठमाडौंमा १, वीरगन्जमा १ र विराटनगरमा १ जनाको मृत्यु भएको छ ।

काठमाडौं टोखाकी एक महिलाको उपचारकै क्रममा शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगन्ज र मोरङका दुई व्यक्तिको पनि मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका छपकैया ३ का ७४ वर्षका पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङको विराटनगर महानगरपालिकाका ९ का ५८ वर्षका पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।