मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, कुल संख्या २८ हजार २५७

आज अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, कुल संख्या २८ हजार २५७


काठमाडौं– कोरोना भाइरस संक्रमणको दैनिक संख्यामा नयाँ रेकर्ड कायम भएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा अहिलेसम्मकै बढी संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ।

दैनिक संक्रमणमा यो अहिलेसम्मकै बढी संख्या हो। यसअघि एकैदिनमा सबैभन्दा बढी गएको असार १९ गते ७४० जना संक्रमित थपिएका थिए।

देशभर कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।