मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टा यता ७०७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टा यता ७०७ जनामा कोरोना पुष्टि


काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ७०७ जना नयाँ संक्रमित थपिएका छन्।

योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ८२० जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यो सहित हालसम्म नेपालमा ५ लाख ६६ हजार २२० जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ छ। जसमध्ये संस्थागत आइसोलेसन ८ हजार ८३ जना रहेका छन्। बाँकी ३ हजार ७७२ जना होम आइसोलेसनमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना डिस्चार्ज भएका छन्। यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ छ।

नेपालमा काेराेना संक्रमणबाट पछिल्लाे २४ घण्टामा ६ जनाकाे मृत्यु भएकाे छ। याेसहित काेराेनाबाट नेपालमा मृत्यु हुनेकाे कुल संख्या १२६ पुगेकाे छ।