मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८८५ जनामा काेराेना सङ्क्रमण, ११ जनाकाे ज्यान गएकाे पुष्टि

८८५ जनामा काेराेना सङ्क्रमण, ११ जनाकाे ज्यान गएकाे पुष्टि


काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको ३४ हजार चार सय १८ सङ्ख्या पुगेकाे छ । गएको २४ घण्टामा आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार दुई सय ५३ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ८५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा तीन सय ८५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १९ हजार पाँच सय चार पुगेको छ ।

अब नेपालमा १४ हजार सात सय ३९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै नाै हजार आठ सय ३२ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ७५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लाे पटक मोरङ र भक्तपुरका एक/एक, कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाण्डौका एक र बाराका दुई जनाकाे ज्यान गएकाे हाे ।