मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं – कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १८३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर, बारा, कास्की, रुपन्देही, बाँके, काठमाडौं, पर्सा र कपिलवस्तुका एक–एक जना छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले प्रदेश १ मा २ जना र बागमतीमा १५ जना गरी १७ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन्।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

हिजो बुधबार ११ जना संक्रमितको मृत्यु भएको थियो । मंगलबार ७ जना, अस्ति सोमबार ८ जना, आइतबार ३ जना र शनिबार ९ जना संक्रमितको मृत्यु भएको थियो।

नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।