मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४० लाख माथी, मृत्यु ८ लाख २१ हजार बढी

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४० लाख माथी, मृत्यु ८ लाख २१ हजार बढी


काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमितको संख्या २ करोड ४० लाख नाघेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४० लाख २१ हजार २१८ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख २१ हजार ४६२ को मृत्यु भइसकेको छ ।  

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । 

यस्तै सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा पनि अमेरिका पहिलो र दोस्रोमा ब्राजिल छ । हालसम्म विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिएको छ ।