मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण


काठमाडौँ – उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनी आफैंले ट्विट गर्दै यो जानकारी दिएका हुन्।

उनले आज बिहान आफ्नो पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ भएको बताएका छन्।

उनलाई कोरोनाको कुनै लक्षण देखिएको छैन। चौधरीका अनुसार उनी अहिले डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बसेका छन्।

आफ्नो सम्पर्कमा आएकालाई सचेत हुन पनि चौधरीले आग्रह गरेका छन्।