मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु, मृतकको संख्या १९१ पुग्यो

१२ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु, मृतकको संख्या १९१ पुग्यो


काठमाडौं– तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो १२ घण्टामा ८ जनाको मृत्यु भएको छ । सुनसरीको धरानमा ३ जना, चितवनमा २, मोरङ एक, भक्तपुरमा एक र रुपन्देहीमा एक जनाको मृत्यु भएको हो ।

बिहीबार राति र शुक्रबार बिहान गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीजना कोरोना संक्रमितको बिहान मृत्यु भएको छ। झापाको दमक नगरपालिका ३ का ८३ वर्षीय पुरुष र मोरंगको बेलबारी नगरपालिका ५ का ५६ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो।

यस्तै सिरहाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो । यस्तै चितवनमा भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ।

त्यस्तै मोरङमा सिरहाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । यस्तै कोरोना संक्रमणबाट भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरकी एक ६२ वर्षीया महिलाको बिहीबार राति मृत्यु भएको छ ।

अस्पताल लैजादैँ गर्दा उनको बिहीबार राति बाटोमा मृत्यु भएको हो । त्यस्तै रुपन्देहीमा कोरोना संक्रमणका कारण एक पुरुषको मृत्युु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति लुम्बिनि प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

पछिल्लो १२ घण्टामा ८ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९१ पुगेको छ । बिहीबार अपरान्ह स्वास्थ्य मन्त्रालले पत्रकार सम्मेलनका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको जनाएको थियो ।