मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले पायो पहिलो महिला आईडल

नेपालले पायो पहिलो महिला आईडल


काठमाडौं : नेपालले पहिलो पटक महिला आइडलका रुपमा सज्जा चौलागाईंलाइ पाएको छ। अन्तिममा रहेका ३ जना प्रतिस्पर्धी मध्य प्रविन बेडुवाल र किरण कुमार भुजेललाइ पछि पार्दै सज्जाले उपाधि चुमेकी हुन्।

चर्चित सिन्गिंग रियालिटी शो नेपाल आइडल सिजन ३ को फिनालेमा सर्बाधिक भोट पाएर मोरंगकि सज्जा चौलागाईंले उपाधि हात पारिन । कोरोना भाइरसको महामारीका कारण केहि समय रोकिएको शो पुनः प्रसारणमा आएसंगै फिनालेमा पुगेको हो  ।

पछिल्लो वर्ष नेपाल आइडलको आइडल छान्नको लागि आ–आफ्नो तर्फबाट धेरै मानिसहरु नारासहित सडकमा उत्रिने गरेका थिए तर यो वर्ष सबै कार्यक्रम सामाजिक सञ्जालमा मात्र सीमित भएको छ। नेपाल आइडलको स्टुडियोमै ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनाले भएको थियो ।

हजारौं प्रतिस्पर्धीबाट आफुलाई अब्बल साबित गर्दै उत्कृष्ट ३ मा पर्न सफल भएका सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल टप ३ मा पुगेका थिए।

विजेता सज्जाले ‘नेपाल आइडल–३ को उपाधि सहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअप प्रविनले १५ लाख र सेकेन्ड रनरअप किरणले पाँच लाख नगदमा चित्त बुझाएका छन् । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका थिए ।