मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वराजा वीरेन्द्र चढ्ने जहाज सडकमा गुडाउँदै नारायणहिटी सम्म

पूर्वराजा वीरेन्द्र चढ्ने जहाज सडकमा गुडाउँदै नारायणहिटी सम्म


काठमाण्डौ – शनिबार बेलुकी काठमाण्डौको सडकमा एक अनौठो दृश्य देखियो । 

आकाशमा उड्ने र विमानस्थलमा पार्किङ गरिने जहाज सडकमा गुडेको देख्दा एकछिन त सबै अचम्ममा परे । 

तर पूर्व राजा वीरेन्द्र चढ्ने सेनाको जहाजलाई विमानस्थलबाट नारायणहिटीसम्म पुर्याएर राख्नको लागि जहाज सडकमा गुडाइएको हो । 

त्रिभुवन विमानस्थलमा लामो समयसम्म राखिएको जहाजलाई अब नारायणहिटी सङ्ग्रहालयमा राखिएको छ।

राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तीनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको थियो । 

यो जहाजमा तत्कालीन शाही नेपाली सेनाको यो जहाजमा पूर्व राजा वीरेन्द्र र राज परिवारका अरु सदस्य चढ्ने गर्थे । जहाज लामो समयदेखि त्रिभुवन विमानस्थलमा राखिएको थियो ।

फोटो स्रोत : रासस