मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यरातमा पहिरो जाँदा सिन्धुपाल्चोकमा फेरि १८ घर पुरिए

मध्यरातमा पहिरो जाँदा सिन्धुपाल्चोकमा फेरि १८ घर पुरिए


काठमाडौं – सिन्धुपाल्चोको बाह्रविसेमा फेरि भी’षण पहिरो गएको छ । मध्यरातमा बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर ठूलो मानविय क्षती भएको स्थानीयको भनाइ छ । उनीहरुका अनुसार मध्यरातमा सबै सुतेका बेला माथिबाट आएको पहिरोले घर बगाएको थियो । नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् भने भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाइ छ।

उद्धार र बेपत्ताको खोजीका लागि अझै प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन् । सिन्धुपाल्चोक नै घर भएका सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले स्थानीय शिक्षक बजीर भण्डारीको भनाइ उद्धृत गर्दै समाजिक सञ्जाल फेसबुकमा घटना बारे लेखेका छन् ।

उनले लेखेका छन्– सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति स् जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको खबर छ ।

स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ ।

यसअघि साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोले १३ घर बगाउँदा २० जनाभन्दा बढिको मृत्यु भएको थियो ।