मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा १०३९ जना काेराेनाका सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा १०३९ जना काेराेनाका सङ्क्रमित थपिए


काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५४ हजार एक सय ५९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार ३९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा नाै हजार एक सय ६५ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । गएको २४ घण्टामा एक हजार एक सय ७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३८ हजार ६ सय ९७  पुगेको छ ।  

अब नेपालमा १५ हजार एक सय १७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा नाै जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।