मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ श’व भेटियो, २० जना अझै बेप’त्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ श’व भेटियो, २० जना अझै बेप’त्ता


काठमाडौं– सिन्धुपाल्चोककोे बाह्रबिसेमा पहि’रोमा पुरिएका मध्ये ११ जनाको श’व भेटिएको छ।

पहिरोमा २० जना अझै बेप’त्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

उनका अनुसार ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनुमाया विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक, ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवारको श’व भेटिएको छ।

त्यस्तै ९८ वर्षीय ट्याक्सी शेर्पा, ६० वर्षीया हीरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, पाँच वर्षीया सरस्वती विक र २५ वर्षीय करनबहादुर श्रेष्ठको पनि श’व निकालिएको छ।

बेप’त्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवा जुटेका छन्। बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।

मध्यरातमा सबै सुतेका बेला माथिबाट आएको पहिरोले घर बगाएको थियो।

यसअघि साउन ३० गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको पहिरोले १३ घर बगाउँदा २० जनाभन्दा बढिको मृत्यु भएको थियो।