मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोनाले मृ’त्यु हुनेको संख्या ८० हजार नाघ्यो

भारतमा कोरोनाले मृ’त्यु हुनेको संख्या ८० हजार नाघ्यो


काठमाडौं । भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८० हजार ७७६ जनाको ज्या’न गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५४ कोरोना संक्रमितको मृ’त्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

पछिल्लो २४ घण्टामा ८३ हजार ८०९ संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ९२ हजार ७१ कोरोना संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ । भारतमा हालसम्म ४९ लाख ३० हजार २३६ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ । 

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृ’त्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ ।

दैनिक ९६ हजारसम्म कोरोना संक्रमण पहिचान भइरहेको भारतमा संक्रमणको दर बढ्दै गइरहेको छ । लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ । 

९६ हजार ५५१ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।