मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृ’त्यु भएका व्यक्तिको कोरोना परीक्षण नहुने

मृ’त्यु भएका व्यक्तिको कोरोना परीक्षण नहुने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृ’त्यु भइसकेका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  मृ’त्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिएका हुन् । 

“मृ’त्यु भएका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण गरेको सूचना आएको छ ,तर अब त्यस्तो नगर्न निर्देशन छ,” उनले भने, “कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिको मृ’त्यु भएर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।”

उनका अनुसार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उक्त निर्णय गरेको हो । शव व्यवस्थापन सम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले बताए । सरकारले मृ’त्यु भइसककोहरुको पीसीआर टेष्ट नगर्ने निर्णय गरेको छ ।