मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकै प्रशंसनीय पुरुष र महिलामा ओबामाको जोडी

विश्वकै प्रशंसनीय पुरुष र महिलामा ओबामाको जोडी


न्युयोर्क । हालै सार्वजानिक नयाँ सर्वेक्षणको नतिजामा विश्वका सबैभन्दा प्रशंसनीय पुरुष र महिलामा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पत्नी मिशेल ओबामा शिर्ष स्थानमा पर्न सफल भएका छन् । युगभको उक्त सर्वेक्षणमा महिला र पुरुष दुवैतर्फ यस वर्ष ओबामा जोडीले सबैलाई पछि पारेका हुन् । 

२०१४ मा सवेक्षण सुरु भएदेखि नै अग्रस्थान हासिल गर्दै आएका माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सलाई ओबामाले पहिलोपटक पछि पार्दै नम्बर १ मा आउन सफल भएका हुन् । 
सूचीको तेस्रो स्थानमा चाहिँ चिनियाँ राष्ट्रपति शि जिनपिङ रहेका छन् । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि अघिल्लो वर्षबाट दुई स्थान माथि चौथोमा आएका हुन् । अभिनेता अमिताभ बच्चन सूचीको १४ औँ स्थानमा परेका छन् भने शाहरुख खान १७ मा छन् । 

यता महिला तर्फ मिशेल ओबामाले लगातार दोस्रो वर्ष शिर्ष स्थान हासिल गरेकी हुन् । यसमा उनी भन्दा पछाडि विश्वचर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली रहेकी छन् । त्यस्तै तेस्रोमा बेलायतकी महारानी एलिजाबेथ दुईको नाम आएको छ । भारतीय अभिनेत्री प्रियंका चोपडा अनि दिपिका पादुकोण पनि क्रमशः १५ र १६ औँ स्थानमा रहेका छन् । अमेरिकी प्रथम महिला मेलानीय ट्रम्पले भने अघिल्लो वर्षकै १९ औँ स्थान कायम गरेकी हुन् ।  

यसैगरी सर्वेक्षणमा बाराक ओबामा रुस बाहेक विश्वका सबै देशमा वर्तमान राष्ट्रपति ट्रम्प भन्दा प्रशंसनीय मानिएको पनि यसमा देखिएको छ । यसले ह्वाटहाउसबाट बाहिरिएपछि समेत अमेरिका सहित विश्वभरि नै ओबामा जोडीको लोकप्रियता कम नभएको स्पष्ट पारेको छ । राष्ट्रपति ट्रम्पले चाहिँ यो सूचीमा १५ औँ स्थान हासिल गरेका हुन् ।

युगभको यो वर्षको सर्वेक्षणलाई इतिहासकै सबैभन्दा ठूलो मानिएको छ जसमा ४२ देशका ४५ हजार मानिसहरुको अन्र्तवार्ता लिएर सो सूची तयार पारिएको हो । यसबाहेक अघिल्लो वर्षको तुलनामा धेरै स्थानले अगाडि आउनेमा टेस्ला कम्पनीका मालिक एलन मस्क रहेका छन् । 

सूचीको शीर्ष २० मा केही नयाँ नामहरु  ग्रेटा थर्नबर्ग, क्रिकेटर बिराट कोहली, गायिका बियोन्से, अभिनेता कुन्यु रिभ्स, स्कारलेट जोनसन, बास्केटबल खेलाडी माइकल जोर्डान र इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो समावेश छन् । – एजेन्सी