मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो


काठमाडौं – कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा १५ सय १३ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको हो। 

अहिलेसम्मको संक्रमित संख्या भने ७६ हजार २५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ४९१ पुगेको छ। 

देशभरका आईसीयूमा अहिले २१३ जना छन् भने भेन्टिलेटरमा ३४ जना छन्।