मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरबाट २२५३ जना कोरोना संक्रमित थपिए भने १३२९ जना डिस्चार्ज

देशभरबाट २२५३ जना कोरोना संक्रमित थपिए भने १३२९ जना डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ८६ हजार ८२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको छ। यो सहित नेपालमा कुल १० लाख ७४ हजार ४४८ जनाको पीसीआर परीक्षण गरिएको छ।

सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ। जसमध्ये १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा र ११ हजार ८९३ जना होम आइसोलेसनमा बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा विभिन्न आइसाेलेसन तथा अस्पतालबाट संक्रमणमुक्त भएर १ हजार ३२९ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनामुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ।

हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ४ हजार २०३ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा ७ जना संक्रमितको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।