मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डीभी खुलेपछि राहदानी बनाउने बढे

डीभी खुलेपछि राहदानी बनाउने बढे


काठमाडौं । डीभी खुलेपछि राहदानी विभागमा पासपोर्ट बनाउन आउनेहरुको संख्या बढेको छ ।लामो समयको बन्दाबन्दी र निषेधाज्ञा खुलेपछि राहदानीका लागि आवेदन दिनेको संख्या निकै बढेको हो ।

पछिल्लो साता ११ सयले राहदानीका लागि आवेदन दिएको राहदानी विभागका सूचना अधिकृत पुष्पप्रसाद भट्टराईले बताए । अहिले दैनिक बढीमा ६/७ सय जनाले विभागमै पुगेर आवेदन दिँदै आएका छन् ।

यसैबीच अमेरिकाले डीभी खोल्दा डीभी भर्न गत वर्षदेखि पासपोर्ट नम्बर अनिवार्य गरेपछि अहिले विभागमा पासपोर्ट बनाउनेको संख्या बढेको अनुमान गरिएको छ । साथै लामो समय कोरोना महामारीका कारण पनि वैदेशिक शिक्षा अध्ययन, लागि वैदेशिक रोजगारीका लागी र चाडबाडका बेला विदेशमा भएका आफन्तहरुसँग भेटघाटका लागि विभिन्‍न देश जाने हुनाले राहदानी बनाउनेहरुको संख्या बढेको राहदानी विभागले जनाएको छ ।

पछिल्लो समय राहदानी विभागमा पासपोर्ट बनाउन र कन्सुलर विभागमा विदेशमा ज्यान गुमाएका मान्छेहरुको श’व नेपाल ल्याउन प्रक्रिया अगाडि बढाउन आउनेको संख्या पनि बढेको कन्सुलर विभागकी सूचना अधिकृत सुजनी रानाले बताइन् ।