काठमाडौँ – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आउन केही दिनमात्र बाँकी छ। तिहारलाई फूलको चाड पनि भनिन्छ। विशेषगरी लक्ष्मीपूजा र भाइटीकाको दिन फूलको बढी प्रयोग हुन्छ।
यस वर्ष तिहार ढिलो परेकाले फूल फुलिसकेको छ। निकै दिनसम्म नओलाउने भएकोले मखमली बारीबाटै बिक्री सुरु भएको छ तर सयपत्री भने चाँडै ओइलाउने भएकाले किसानले बारीबाट टिपिसकेका छैनन्।
अगाडि नै फुल्दा तिहारलाई फूल अपुग हुने चिन्ता व्यवसायीलाई छ। कतिपय व्यवसायीले भने क्यालेन्डरअनुसार नै ढिलो फुल्ने गरी खेती गरेका छन्।
त्यसो त कोरोना महामारीका कारण यस वर्ष विगतका वर्षमा जस्तो फूलखेती भएको छैन। टनेलमा फूल लगाउने धेरैले तरकारी लगाएका छन्।
फोटोपत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिर
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
.jpg?w=720&ssl=1)
प्रतिक्रिया