मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व कोरोना संक्रमितको सुचिमा नेपाल ३४ औं स्थानमा, सार्क राष्ट्रका कुन देश कुन स्थानमा?

विश्व कोरोना संक्रमितको सुचिमा नेपाल ३४ औं स्थानमा, सार्क राष्ट्रका कुन देश कुन स्थानमा?


काठमाडौं– कोरोना संक्रमितको संख्या हिसाबले नेपाल विश्वका १८७ मुलुकमध्ये ३४ औं स्थानमा रहेको छ। सार्क मुलकमा नेपालभन्दा अगाडि अब भारत, बंगलादेश र पाकिस्तान छन्। 

शुक्रबारसम्मको तथ्यांकअनुसार नेपालमा कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ भने १ हजार ७० जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ८४ लाख ११ हजार ७ सय २४ पुगेको छ भने १ लाख २४ हजार ९ सय ८५ को मृत्यु भएको छ। 

यस्तै, २२ औं नम्बरमा रहेको बंगलादेशमा संक्रमितको संख्या ४ लाख १७ हजार ४ सय ७५ पुगेको छ भने ६ हजार ३६ को मृत्यु भएको छ। यस्तै, पाकिस्तान २८ औं नम्बरमा छ जहाँ ३ लाख ४० हजार २ सय ५१ संक्रमित छन्। पाकिस्तानमा हालसम्म ६ हजार ९ सय २३ जनाको मृत्यु भएको छ। 

अफगानिस्तान ८५ औं नम्बरमा छ। त्यहाँ हालसम्म संक्रमितको संख्या ४१ हजार ९ सय ७५ छ भने १ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ। श्रीलंका १२ हजार ९ सय ७० सहित १०७ औं नम्बरमा छ भने ११ हजार ९ सय ३२ संक्रमितसहित माल्दिभ्स १ सय १० औं नम्बरमा छ।

यस्तै, भुटान ३ सय ५८ संक्रमित सहित १ सय ७१ औं नम्बरमा छ। माल्दिभ्समा ३९ जनाको मृत्यु भएको छ भने श्रीलंकामा ३० जनाको मृत्यु भएको छ। हालसम्म भुटानमा एक जनाको पनि मृत्यु भएको छैन।