मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा २ हजार ८१७ सङ्क्रमित थपिए

२४ घण्टामा २ हजार ८१७ सङ्क्रमित थपिए


काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९४ हजार चार सय ५३ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

त्यस्तै गएकाे २४ घण्टामा दुई हजार आठ सय १२ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ५७ हजार नाै सय २६ पुगेको छ ।  

अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।