मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सेवा निर्देशक डा. गौचन कोरोना संक्रमण मुक्त

स्वास्थ्य सेवा निर्देशक डा. गौचन कोरोना संक्रमण मुक्त


अछाम । बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचन कोरोना संक्रमण मुक्त भएका छन् ।

उनको पछिल्लो पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि कोरोनामुक्त भएका हुन् ।

सेती प्रादेशिक प्रयोगशालामा शनिबार भएको परिक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

गएको कार्तिक ९ गते डाक्टर गौचनलाई कमलबजार पिसिआर परिक्षण प्रयोगशालामा भएको परिक्षणका क्रममा कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।

आज उनले आफ्नो प्राप्त रिपोर्ट नेगेटिभ रहेको र आफु कोरोना संक्रमण मुक्त भएको सामाजिक संजाल मार्फत जानकारी गराएका छन्।