मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन् २०२० का भुल्न नसकिने ११ तस्बिर

सन् २०२० का भुल्न नसकिने ११ तस्बिर


पाकिस्तानको कराँचीबाट सन् २०२० को अन्तिम दिन बिहीबार देखिएको सूर्यास्त। तस्बिर : सिन्ह्वा

एजेन्सी : सन् २०२० बिहीबार बिदा भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण यो वर्ष धेरै समयसम्म चर्चामा रहनेछ। यसबाहेक विश्वमा वर्षभरि मानिसको ध्यान आकर्षित गर्ने विभिन्न गतिविधि भए। त्यस्ता केही चर्चित गतिविधि तस्बिरमा :

अस्ट्रेलियामा लागेको आगो

जनवरी २०२० मा अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भयो। न्यु साउथ वेल्सबाट फैलिएको आगलागीमा ३४ जनाको ज्यान गएको थियो। आगोले जलेर युरोपेली मुलुक आयरल्यान्ड जत्तिको भूभाग खरानी बन्यो भने कैयौं रुखबिरुवा र जीवजन्तु जलेर नष्ट भए।

जातीय संहारको पीडा

चेचिन गुल्टिकिन आफ्ना ३७ वर्षीय भाइ गोखनलाई सम्झिरहेका छन्। गोखनसहित आठ जना जर्मनीमा भएको जातीय आक्रमणमा मारिएका थिए। आक्रमणकारीले आफूसहित आफ्नी आमाको पनि हत्या गरेका थिए। कलाकारहरूले आक्रमणमा मारिएका ती व्यक्तिको चित्र २७ मिटर लामो भित्तामा कोरेका छन्।

मानवताको नमुना

लन्डनमा काला जातिको पक्षमा भएको आन्दोलनमा लिएको यो तस्बिर मानवताको उदाहरण बन्न पुग्यो। यहाँ प्याट्रिक हन्चिसन एकजना घाइते प्रदर्शनकारीलाई सुरक्षित स्थलतर्फ लैजाँदै छन्। यो तस्बिरको सामाजिक सञ्जालमा निकै प्रशंसा भएको थियो।

जीवित स्वतन्त्रताको प्रतिमूर्ति

पोल्यान्डको राजधानी वार्सामा आफ्नो मोबाइल बालेर प्रदर्शन गरिरहेकी यी महिलालाई धेरैले जीवित स्वतन्त्रताका् प्रतिमूर्ति (स्ट्याचु अफ लिबर्टी) भनेका छन्। बेलारुसमा राष्ट्रपति चुनाव विवादित भएपछि विपक्षी उम्मेदवारको समर्थन जुटाउन उनीहरू वार्सास्थित बेलारुसको दूतावास अगाडि भेला भएका थिए।

भग्नावशेषबाट संगीत

लेबनानको राजधानी बेरुतमा अगस्टमा भएको एउटा भयानक विस्फोटमा २०० जनाको मृत्यु भएको थियो। कैयौं मानिस घरबारविहीन भए। संगीतकार रेमन्ड एसयानको पनि घर तहसनहस भयो। तर उनले भग्नावशेषबाट आफ्नो पियानो निकालेर बजाए। यस क्रममा उनले बनाएको भिडियो भाइरल भएको थियो।

जादुमय अंकमाल

जोसेफ बैरोन अमेरिकाको टेक्सममा कोरोना भाइरस संक्रमितलाई उपचार गराइरहेका थिए।  एकजना व्यक्ति रुँदै आएर उनीसँग आएर टाँस्सिए। बैरोनले सोधे, ‘तपाईं किन रोइरहनुभएको छ,?’ त्यसपछि ती व्यक्तिले सञ्चारमाध्ममसँग भने, ‘म मेरी पत्नीसँग मिल्न चाहन्थें। यस कारण म उनीसित टाँस्सिएँ र अंकमाल गर्न पुगें।’

व्हेलको पुच्चरले बचायो

निदरल्यान्ड्मा नोभेम्बरमा एउटा रेल लिगबाट बाहिर निस्कियो। तर त्यहाँ रहेको ह्वेलका विशाल मूर्तिले त्यसलाई थाम्यो र ठूलो दुर्घटनाबाट बच्यो। यद्यपि रेलमा मानिस थिएनन्। तर पनि यो तस्बिर भाइरल बनेको छ।

नकावधारीको पहिचान

एमटीभी युरोप म्युजिक अवार्डस कार्यक्रममा आफ्नो भर्चुअल प्रस्तुतिका क्रममा अमेरिकी गायिका एलिसिया किज नकाव लगाएर देखा परेकी थिइन्। प्रस्तुतिको अन्तिममा उनले आफ्नो परिचय दुनियाँसामु देखाइदिइन्। सबैभन्दा चर्चित समारोहमा उनको यो प्रस्तुतिको खुब चर्चा भएको थियो।

महामारीबाट बच्ने उपाय

अमेरिकी राष्ट्रपति निर्वाचनका बेला खिचिएको यो तस्बिर निकै चर्चित भयो। यहाँ डाना क्लार्क आफ्नो १८ महिनाका छोरालाई लिएर मतदानका लागि लाम लागेकी छन्। उनले आफू र बच्चालाई कोरोना महामारीबाट बचाउन यस्तो उपाय अपनाएकी थिइन्। उनलाई थाहा थिएन, मतदान केन्द्रमा कति जना मास्क लगाएर आउँछन् वा बिना मास्क आृउँछन्।


अमेरिकामा चुनाव भारतमा प्रार्थना

अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा दक्षिण भारतको एउटा गाउँमा डेमोक्रेटिक उम्मेदवारको विजयको कामना गर्दै पूजाआजा गरिएको थियो। तमिलनाडुमा पर्ने यो गाउँ अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसकी आमाको पुर्ख्याैली गाउँ हो। 

स्वस्थ्य क्रिसमस
क्रिसमसका अवसरमा डेनमार्कको आलबोर्ग चिडियाखानामा सान्त क्लजको भेषमा रहेका एक व्यक्तिले बरफको गोलाभित्रबाट बच्चालाई शुभमकाना दिए। सान्त र बच्चालाई कोरोना भाइरसबाट बचाउन यस्तो गरिएको थियो।

तस्बिर स्रोत : रोयटर्स/एएफपी/गेट्टी इमेज