मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकीलाई उपचारमा पठाउन सहयोग रकम जुट्दै, अमेरिकाबाट शाहीले गरे १० हजार सहयोग

सुकीलाई उपचारमा पठाउन सहयोग रकम जुट्दै, अमेरिकाबाट शाहीले गरे १० हजार सहयोग


अछाम । क्यान्सर रोगबाट ग्रसित अछामको मंगलसेन नगरपालिका वडा नं. ७ की सुकी दमाईको उपचार लागि सहयोग रकम जुट्दै गएको छ ।

सुकीको उपचारका लागि वडा नं. ७ घर भई हाल अमेरिकामा रहेका युवा नरेन्द्र शाहीले १० हजार आर्थि सहयोग गरेका छन् । उनले सुकीको उपचारमा राहत होस भनेर सहयोग गरेको सुदुरआजलाई बताए ।

१ बर्ष देखि थला परेकी सुकीको बारेमा सुदूरआज अनलाईने पहिलो पटक उपचारको पर्खाईमा भन्दै समाचार प्रकाशित गरेपछि उनको उपचारका लागि यूवाहरुले सक्रियता देखाएका छन् ।

यसअघि सोही वडाका २ जना यूवाले समेत १० हजार सहयोग गरेका थिए । आर्थिक अभावमा उपचार गर्न सक्ने अवस्था आएपछि गाँउकै यूवाहरुले सहयोग अभियान सुरु गरेका हुन् ।