मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चारवटा प्रदेशमा वर्षाको सम्भावना

चारवटा प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं । काठमाडौंमा आज विहानको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“आज विहान काठमाडौं उपत्यकामा आंशिक बदली रहेको छ । ११ बजे पछि सामान्य बदली रहेको छ,” वरिष्ठ मौसमविद् निराजन सापकोटा भन्छन्, “२/३ बजेपछि काठमाडौंमा हल्का पानी पर्नसक्ने सम्भावना छ ।”

तराईमा आज हुस्सु लागेको छैन । नेपालगञ्ज र कपिलबस्तुको बीचमा इन्डियाको सीमावर्ती क्षेत्रमा पातलो हुस्सु रहे पनि तराईका अन्य भू–भागको मौसम खुलेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशभर आंशिकदेखी सामान्य बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही वाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।