कला साहित्य / मनोरञ्जन

पल र मलिकाको ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

काठमाडौं : गीतको अडियो मजबुत बन्यो भने यसले दर्शकको माया पाउँछ भन्ने उदाहरण पछिल्ला केही गीतहरुले देखाइरहेका छन् । दर्शक तथा श्रोताको अत्याधिक माया पाएका कारण ‘फुलबुट्टे सारी’ बोलको गीतले युटुबमा छोटो समयमा नै लोकप्रियता हासिल गर्यो । यो गीत सार्वजनिक भएको १८ दिनमा १ करोड भन्दा बढी दर्शकले हेरे । हरेक बर्गका दर्शकले यो गीतलाई रुचाएका छन् ।

अब, यो गीतले युटुबमा सवैभन्दा छोटो समयमा राखेको रेकर्डलाई ‘टाढा भएपनि’ बोलको गीतले तोडेको छ । यो गीतलाई युटुबमा सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज मिलेको छ । अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युटुबमा १५ दिनमै १ करोड पटक हेरिएको हो ।

सवैभन्दा कम दिनमै १ करोड भ्यूज बटुल्ने गीतको रुपमा ‘टाढा भएपनि’ चित्रित भएको छ । यो गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका छन् । यो जोडीलाई दर्शकले रुचाएका छन् ।

नायक पल शाहले गीतले छोटो समयमा नै नयाँ रेकर्ड राखेको भन्दै खुशी व्यक्त गरे । यो गीतले २४ घन्टामा ९ लाख ७२ हजार भ्यूज कमाउँदै एक दिनमा सबैभन्दा धेरै पटक हेरिएको गीतको रेकर्ड पनि राखेको थियो ।
https://www.youtube.com/embed/cE2O3gnjQeE

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)