मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौबीस घण्टामा नौ वर्षमुनिका २१३ बालबालिकामा कोरोना संक्रमण

चौबीस घण्टामा नौ वर्षमुनिका २१३ बालबालिकामा कोरोना संक्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३०–३९ वर्ष उमेर समूहमा कोरोना संक्रम देखिएको छ । यो उमेर समूहमा २ हजार १०३ जनामा संक्रमण पुष्टि भएको छ । 

दोस्रोमा २०–२९ वर्ष समूहका २ हजार ५१ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा कम ९०–१०० वर्ष उमेरका ९ जनामा संक्रमण देखिँदा ९ वर्षसम्मका २१३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   

नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । निको हुनेको संख्या २ लाख ८९ हजार ७८३ छ ।