मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्यावश्यक सेवा बाहेकका कार्यालय आजबाट बन्द

अत्यावश्यक सेवा बाहेकका कार्यालय आजबाट बन्द


काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट अत्यावश्यक सेवाबाहेकका कार्यालय बन्द हुने भएका छन् । कोरोनाका कारण अत्यावश्यक बाहेकका सम्पूर्ण कार्यालय आजबाट बन्द गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालय सञ्चालन हुने छैनन् । 

“कोभिड १९ को माहामारी तिब्र रुपमा फैलिरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न काठमाडौं जिल्लाभर निषेधाज्ञा जारी भएको व्यहोरा सर्वविदितै छ । त्यस कारण अत्यावश्यक सेवाका कार्यालयहरु बाहेक अन्य सबै जिल्ला स्थित कार्यालयहरु मिति २०७८/०१/३० गते बाट निषेधाज्ञा अवधीभर बन्द गर्ने गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यद्यपि अत्यावश्यक सेवाका कार्यालय भने सञ्चालनमा आउने पराजुलिले बताएका छन् । “अत्यावश्यक सेवाका कार्यालयहरुले सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिई न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नु हुन समेत अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ । 

उनका अनुसार औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागिबाहेक कोही पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि लागु हुनेगरी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय यसअघि गरिसकिएको छ । बुधबार राति १२ बजेदेखि यसअघि तोकिएको निषेधाज्ञाको समयावधि सकिएपछि थप दुई साता  निषेधाज्ञा थपिएको हो ।