मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीपी यूवा नेतृत्व मञ्च अछमले सुरु गर्यो जिल्ला अस्पतालका बिरामीलाई खाजा खुवाउने अभियान

बीपी यूवा नेतृत्व मञ्च अछमले सुरु गर्यो जिल्ला अस्पतालका बिरामीलाई खाजा खुवाउने अभियान


अछाम । बीपी यूवा नेतृत्व मञ्च अछमले जिल्ला अस्पताल अछाममा भर्ना भएका र कोरोना संक्रमित बिरामीहरुलाई खाजा खुवाउन सुरु गरेको छ ।

मञ्चको पहलमा जिल्ला अस्पताल संग समन्वय गरेर आज देखि बिहान बेलुका खाना बितरण अभियान सुरु भएको मञ्च अछामका संयोजक दिनेश कुमार स्वाँरले बताए ।

कोरोना महामारीका कारण जिल्लामा निशेधाज्ञा जारी भएका बेला अप्ठेरो भईरहेको भन्दै आज देखि भर्ना भएका र कोरोना संक्रमित भएर आईश्वलेसनमा रहेकाहरुलाई खाजा वितरण अभियान सुरु गरिएको संयोजक स्वाँरले सुदूरआजलाई बताए ।

जस अन्तर्गत आज पहिलो दिन १५ जनालाई खाजा वितरण गरिएको नेविसंघ अछामका नेतृ लक्ष्मी बोगटीले बताईन्। यसघि खाना खुवाउने भने पनि अस्पतालको सल्लाह अनुसार खाजा वितरण गरिएको उनले जानकारी दिईन्।