मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेन्टिलेटरमा ३८४ र आईसीयूमा १,४५१ कोरोना संक्रमित उपचाररत

भेन्टिलेटरमा ३८४ र आईसीयूमा १,४५१ कोरोना संक्रमित उपचाररत


काठमाडौं । हाल नेपालमा ३८४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १ हजार ४५१ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । 

मन्त्रालयका अनुसार प्रदेश १ मा ५२, प्रदेश २ मा २३, वाग्मती प्रदेशमा सबैभन्दा धेरै २४३ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा २८, लुम्बिनीमा २३, कर्णालीमा ६ र सुदूरपश्चिममा ९ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । 

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ७५५ कोरोना संक्रमितले उपचार गराइरहेका छन् । प्रदेश १ मा २१३, प्रदेश २ मा १०७, गण्डकी प्रदेशमा १३८, लुम्बिनीमा १५६, कर्णालीमा ५० र सुदूरपश्चिम प्रदेशमा ३२ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् । 

मन्त्रालयको तथ्यांक अनुसार भेन्टिलेटर र आईसीयूमा उपचार गराउने संक्रमितको संख्या असघल्लाा केही साताको तुलनामाकेही घट्दै गएको छ । हाल संस्थागत आसोलेसनमा ६ हजार ६६० संक्रमित छन् । सरकारले अस्पताल जानै पर्ने अवस्थाका संक्रमितमात्रै स्वास्थ्य संस्था जान भनेको छ । 

स्वास्थ्यमा अन्य समस्या भएका, रोगी, बृद्ध उमेर तथा अपाङ्गता भएका व्यक्तिले भने होम आइसोलेसनमा बस्न नहुने स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ । आफ्नो काम आफैं गर्न सक्ने अवस्थाका संक्रमित मात्रै होम आइसोलेसनमा बस्नु उचित हुने तर आफ्नो काम अरुले गरिदिनु पर्ने अवस्थाका संक्रमित घरमा बस्न नहुने स्वास्थ्यकर्मीले सुझाव दिँदै आएका छन् ।