मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१,३२१ संक्रमितको आईसीयूमा उपचार हुँदै, ३७२ भेन्टिलेटरमा

१,३२१ संक्रमितको आईसीयूमा उपचार हुँदै, ३७२ भेन्टिलेटरमा


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आज (मंगलबार) १ हजार ३२१ कोरोना संक्रमित गम्भीर अवस्थामा आईसीयूमा उपचाररत छन्। जसमध्ये ३७२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।

जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा ७३८ जना संक्रमित आईसीयूमा उपचाररत छन् उनीहरुमध्ये २५४ जना भेन्टिलेटरमा छन्। 

मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा २०२ जना संक्रमित आईसीयूमा उपचाररत रहेकोमा ३४ जना भेन्टिलेटरमा, प्रदेश २ मा ७२ जना आईसीयूमा रहेकोमध्ये र २१ जना भेन्टिलेटरको सपोर्टमा उपचाररत छन्। 

गण्डकी प्रदेशमा ११४ जना आईसीयूमा उपचाररत रहेकोमा २८ जना भेन्टिलेटरको सपोर्टमा छन् भने लुम्बिनी प्रदेशमा १३७ जना आईसीयूमा उपचाररतमध्ये १९ जना भेन्टिलेटरमा छन्। 

त्यस्तै कर्णालीमा ३४ जना आईसीयूमा उपचाररतमध्ये ९ जना भेन्टिलेटरको सपोर्टमा उपचाररत छन् भने सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयूमा रहेकामध्ये ७ जनालाई भेन्टिलेटरको सपोर्टमा राख्नुपरेको मन्त्रालयको तथ्यांक छ।