मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट अनिवार्य नगर्न मन्त्रालयको आग्रह

कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट अनिवार्य नगर्न मन्त्रालयको आग्रह


काठमाडौं । सरकारले कोरोना संक्रमण निको भइसकेपछि परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य नगर्न आग्रह गरेको छ । विभिन्न सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरुले नेगेटिभ रिपोर्ट अनिवार्य गरे पछि स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह गरेको हो ।  

“केही सरकारी, गैह्रसरकारी तथा निजी कार्यालयहरुले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको पाइएकाले त्यस्तो नगर्न तथा नगराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ,” मन्त्रालयले भनेको छ । 

कोरोना संक्रमण पुष्टि भएको १० दिनपछि लक्षण नदेखिएमा अरूमा कोरोना सर्ने सम्भावना नहुने भएकाले परीक्षण गर्नुपर्ने कुनै वैज्ञानिक आधार नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यदि १० दिनपछि पनि कोभिड–१९ का लक्षण देखिएको खण्डमा लक्षण देखिन छोडेको थप ३ दिनसम्म आइसोलेसनमा बस्नु पर्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ । यसपछि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना नसर्ने भएकाले नेगेटिभ रिपोर्ट अनिवार्य नरेहको मन्त्रालयलको भनाइ छ । 

विभिन्न सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरुले नेगेटिभ रिपोर्ट अनिवार्य गरेपछि संक्रमण मुक्त भइसकेपछि पनि कोभिड परीक्षण अनिवार्य गर्नै पर्ने अवस्था रहेको छ ।