मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट मृत्यु हुने ९ हजार ७१ जनामध्ये कुन उमेर समूहका कति?

कोरोनाबाट मृत्यु हुने ९ हजार ७१ जनामध्ये कुन उमेर समूहका कति?

सुदूर आज

काठमाडौं– नेपालमा कोरोना संक्रमणका कारण मंगलबारसम्म ९ हजार ७१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६० वर्षभन्दा माथि उमेर समूहका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६० वर्षमाथि उमेरका ४ हजार ८५४ जनाकाे मृत्यु भएकाे छ। 

त्यस्तै ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार ७८१ जनाको मृत्यु भएको छ भने ४० देखि ४९ वर्ष उमेरका १ हजार ३२८ जनाको मृत्यु भएको तथ्यांक छ। 

३० देखि ३९ वर्षका ७५४, २० देखि २९ वर्षका २६९, १० देखि १९ वर्षका ४५ जना संक्रमितको मृत्यु भएको छ। ९ वर्षसम्मका ४० जना बालबालिकाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा पहिलोपटक २०७७ जेठ ३ गते २९ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।