मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सङ्खुवासभाको मादीमा एकै परिवारका ६ जनाको ह’त्या

सङ्खुवासभाको मादीमा एकै परिवारका ६ जनाको ह’त्या


सङ्खुवासभा – सङ्खुवासभा जिल्लाको मादी नगरपालिका-१ को खोलागाउँमा एकै परिवारका ६ जनाको ह’त्या भएको छ ।

धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या गरिएको अवस्थामा बिहान पौने १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको ह’त्या भएको हो ।

तेजबहादुरको ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृ’त अवस्थामा भेटिएका छन् । घटनास्थल सदरमुकामबाट झण्डै तीन घण्टाको दूरीमा पर्छ ।

घटनाबारे अनुसन्धान भइरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको टोली केही समय अगाडि घटनास्थलमा पुगेकाे उनले बताए।

घटनाको खबर प्राप्त भएपछि डीएसपी लालध्वज सुवेदीको नेतृत्वमा जिल्लाबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेकाे प्रजिअ पौडेलले बताए ।